सम्झना बसेको रहस्यमय यात्रा !!
मैले र मेरी बहिनीले आफूलाई कहाँ भेट्टायौं, थाहा थिएन। समय र स्थानको कुनै अर्थ थिएन, तर हामी त्यहाँ थियौं। वरिपरि हेर्दा त्यो ठाउँ कुनै विद्यालयजस्तो लागिरहेको थियो।सादा पर्खालहरू, फिका रंगका कोठा। तर, केही पलमै त्यो दृश्य फेरियो। अब त्यो कुनै फिल्म महलजस्तो देखिरहेको थियो। झिलिमिली बत्तीहरू, चम्किला झ्यालढोकाहरू, अनि मानिसहरूको भीड। हामी ठ्याक्कै रिसप्सेनमा त होइन तर एक व्यक्ति को अगाडि उभिरहेँका थियोै। त्यो व्यक्ति ले त्यो ठाँउ भित्र आउनेहरूसँग पैसा लिरहेको थियो। केही छिन मा हामी पनि उसको अगाडि पुग्योै। मसँग मेरो बहिनी थिइन। मेैले मसँग भएको सयको नोट त्यो व्यक्तिको हातमा दिएँ। बैनिले पाँच सय रुपैयाँ दिइन। हामीलाई थाह थिएन। हामी कहाँ छोै के खाने हो। कता जाने हो थाह थिएन। हामीले दिएको जम्मा छ सय रुपैयाँबाट हामीलाई त्यो व्यक्तिले एक सय पचास फिर्ता गरिदियो। त्यो ठाउँमा आइरहेका मानिस हरु माथि गइरहेका थिए। हामीले चिनेको व्यक्ति पनि त्यहाँ हुनुहुन्थ्यो। उहाँ हामीलाई देखेर मुस्क्क मुस्कुराउदै उभो हिँडिरहनु भएको थियो। हामी भने बाहिर निस्कने विचार गरिरहेका हामी बाहिर जान तल तिर ...